कर्णाली प्रदेशसभा सदस्य एवंम अर्थ तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा ०७७ पुस १६ गते राती आगजनी भएको छ ।
पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका सिंहको ‘कर्णाली प्रदेश ०२००१ झ ००४०’ नम्बरको गाडीमा आगो लगाउनेहरूको पहिचान नभएको डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो ।
‘माननीय सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरूको अनुगमन गर्न आएको र पुस १७ गते भेरी नपाको स्याली बजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा पार्किङ गरेको अवस्थामा गाडीमा आगो लगाएछन् ।’ डिएसपी श्रेष्ठले भन्नुभयो ।
घटनामा संलग्नहरूको खोजि भइरहेको प्रहरीको भनाई छ ।