जोशीपुर गाँउपालिका—७ लुहागडकी ३२ वर्षीया लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति गणेश लुहारलाई पुस ७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादको कारण पुस ६ गते राति पति लुहारले कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भजनीमा पुस ६ गते राति नै जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय, भजनीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पुस ७ गते घटनास्थलबाट गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
शबको पोष्टमार्टम पुस ७ गते टिकापुर अस्पतालमा गरी सोही दिन आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।