INSEC Online

📅 २०८३ जेष्ठ २१

१२ औँ अनसनमा गङ्गामाया !

गङ्गामाया अधिकारीले पुस ६ गतेबाट अनसन थाल्नु भएको छ । सशस्त्र द्वन्द्वमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अधिकारीले पुनः अनसन थाल्नु भएको हो ।

काठमाडौँको ट्रमा सेन्टरको सातौँ तलामा अनसन सुरु गर्नुभएको अधिकारीले यसअघि अनसन तोड्दा पटकपटक आश्वासन पाए पनि न्याय नपाएको बताउनुभएको छ ।

‘झुठो आश्वासन होइन न्याय चाहियो ।’–अधिकारीले भन्नुभयो–‘न्याय नपाइकन तड्पिएर बाँच्नु भन्दा त मर्नु बेस ! बरु अनसनमै मर्छु । न्याय नपाउञ्जेल अनसन तोड्दिनँ ।’

उहाँको यो १२ औँ अनसन हो । यसअघिका अनसनमा न्याय पाउने आश्वासन पाएकाले अनसन तोड्दै आउनुभएको थियो ।

कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण तथा न्यायका लागि पीडितको सङ्घर्ष यात्रा

गोरखा जिल्ला फुजेल गाविस-७ घर भई रत्ननगर नपा-१३ जयमङ्गलामा आफ्नो हजुरबुबालाई भेट्न २०६१ जेठ २१ गते हिँडेका नन्दप्रसाद र गङ्गामाया अधिकारी दम्पतीका कान्छा छोरा १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले चितवन जिल्ला रत्ननगर नपा-१ बकुलहरबाट अपहरण गरी लगेकोमा चार घण्टापछि साँझ सोही स्थानमा ल्याएर निर्मम यातना दिएपछि टाउकोमा गोली हानी हत्या गरे ।

पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नु होला…

अन्य

भिडियो