INSEC Online

📅 २०८३ जेष्ठ २१

गिरफ्तारीको ६ घण्टापछि मानव अधिकारकर्मीहरू रिहा

सिंहदरबार अगाडि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार गरिएका मानव अधिकारकर्मीलाई प्रहरीले ६ घण्टापछि रिहा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि विरोध प्रदर्शनका लागि  मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतका १५ जना अधिकारकर्मीहरू पुस ६ गते बिहान ११ बजे तिर  सिंहदरबार परीसरको निषेधित क्षेत्रमा प्रवेश गरेका आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रहरीले गिरफ्तार गरेकाहरूमा शान्ति समाजका संस्थापक सभापति पहाडीसहित संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरू अमृतजङ्ग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का र तुलसीराम भण्डारी रहेको शान्ति समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिनु भयो ।

उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

अन्य

भिडियो