चार वर्षीया बालिकालाई ०७५ माघ २० गते बलात्कार गरेको कसुरमा लम्कीचुहा नगरपालिका—१० का १६ वर्षीय बिवेक चौधरीलाई ०७७ पुस २ गते १२ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाइएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलाशले सो फैसला सुनाएको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७५ माघ २१ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई माघ २१ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत, कैलालीको ०७६ फागुन १८ गते थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि बाल सुधारगृह, डोटीमा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ माघ २१ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।
यसैगरी ३९ वर्षीया महिलालाई ०७५ भदौ ९ गते बलात्कार गरेको कसुरमा लम्कीचुहा नगरपालिका—२ का ३७ वर्षीय दिपक थापालाई ०७७ पुस २ गते ३ वर्ष ६ महिना कैद र ५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्र्ति भराउने फैसला सुनाइएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलाशले सो फैसला सुनाएको हो ।
आफूमाथि बलात्कार गरिएको भन्दै पीडितले ०७५ भदौ १० गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई भदौ ११ गते गिरफ्तार गरेको गियो ।
जिल्ला अदालत, कैलालीको ०७५ साउन ७ गते थुनछेक बहसपछि आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी पाँच वर्षीया बालिकालाई ०७६ चैत ६ गते यौन दुव्र्यवहार गरेको कसुरमा गोदावरी नगरपालिका—५ गेटाका १४ वर्षीय अर्जुन चौधरीलाई जिल्ला अदालत, कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलाशले ६ महिना कैद र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्र्ति भराउने फैसला गरिएको छ ।
बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ चैत ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई चैत ७ गते नै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत, कैलालीमा ०७६ चैत २९ गते भएको थुनछेक बहसपछि आरोपितलाइ पुर्पक्षका लागि बाल सुधारगृह, डोटीमा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।