१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २६ गते कपिलवस्तु नपा– ६ गोबरीका २१ वर्षीय अकवाल मियालाई १२ वर्ष कैद, ५० हजार रुपियाँ क्षतिपूर्ति र १८ सय जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश बिष्णु सुवेदीको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ०७७ असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको कात्तिक १७ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते कपिलवस्तु अस्पतालमा गरिएको थियो ।