INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय झिल्के श्रेष्ठलाई प्रहरीले ०७७ मङ्सिर २७ गते आरोपितकै घरबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

मङ्सिर १८ गते फकाएर आफ्नै घरमा लगि पटक/पटक बलात्कार गरेको भन्दै पीडितले आरोपित विरुद्ध मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते चौतारा अस्पतालमा गरिएको छ भने आरोपितलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

अन्य

भिडियो