१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका ५० वर्षीय केशबहादुर गुरुङलाई मङ्सिर २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दर्ता गराएका थिए ।
पीडितलाई आरोपितले डर धम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको पीडित पक्षले उजुरीमा लेखाएका छन् ।
सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जीपी कोईराला अस्पताल बेलचौतारामा गरिएको छ ।