२१ वर्षीया युवती बलात्कार घटनाका आरोपितलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षलाई नगद पाँच लाख रुपियाँको प्रलोभनमा पारी मिलापत्र गराएको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेश खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रङ्गेली नगरपालिका–१ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७७ भदौ २४ बलात्कार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २५ गते इलाका प्रहरी कार्यालयका रङ्गेलीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितलाई प्रहरीले ०७७ मङ्सिर १९ रङ्गेली नगरपालिका–७ बाट गिरफ्तार गरेको थियो ।
आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा पीडित पक्षलाई आरोपित पक्षले नगद दिई मिलापत्र गराएको खुलेपछि अनुसन्धानका लागि मिलापत्र घटनाका आरोपितलाई गिरफ्तार गरेको डिएसपी मानबहादुर राईले बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ २५ गते गरिएको थियो ।