INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटना आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गौरीगञ्ज गाँउपालिका–२ कुञ्जीबारीस्थित सशस्त्र सीमा सुरक्षा बलमा कार्यरत ५३ वर्षीय असई सूर्य कटुवालविरूद्ध मङ्सिर २४ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २१ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले अधिकारकर्मीको सहयोगमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २४ गते मेची अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो