२६ वर्षीया महिला बलात्कार गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला कुमाखमालिका गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्दै आएका २४ वर्षीय सागर केसीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सुनिलजङ्ग शाहले आरोपित केसी तेस्रो लिङ्गीको रूपमा दिउँसो केटा र राती केटीको रूप धारण गरेर हिँड्ने गरेको र आफ्नो नाम शारदा भन्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।
पीडित महिलाले आफूलाई आरोपित केसीले मङ्सिर १२ मा राती खुल्लामञ्च नजिकै बलात्कार गरेको भन्दै मङ्सिर १३ गते महानगरीय परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् । प्रहरीले जबरजस्ती कुरणि मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते प्रसुति गृह थापाथली गरिएको छ ।