पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालक विरुद्ध पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएएका छन् ।
बालिकालाई चक्लेट खान जाउ भनी बजार नजिकैको जङ्गलमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले आरोपित बालक विरुद्ध कारबाहीका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ मङसिर २२ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको र आरोपीतलाई प्रहरीले मङ्सिर २१ गते नै गिरफ्तार गरेको जिल्ला इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।