शारदा नगरपालिका–१ श्रीनगर की ६० वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाई कैद सजायको फैसला भएको छ ।
न्यायाधीश कुलप्रसाद पाण्डेको मङ्सिर २१ गतेको इजलासले तीन जना महिलालाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गरेको हो ।
गत भदौ ५ गते कथित बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँकी २१ वर्षीया सरीता खड्का, २४ वर्षीया गीता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ प्रहरीले असोज १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित पक्षले आरोपितहरूविरुद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । अदालतले आरोपित जयन्तीलाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवानाको फैसला सुनायो भने अन्य दुई जनालाई ३ महिना कैद र २ हजार ५ सय रुपियाँ जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।