१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ का २१ वर्षीय बलदेव परियारलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङसिर २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले मङ्सिर २१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।