INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटना पीडित १७ वर्षीया बालिकालाई इन्सेकले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ । बलात्कारबाट गर्भ रहेकी पीडितलाई उपचारका लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सिफारिसमा १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडितलाई सियारी गाउँपालिका–७ चम्कीपुरका २० वर्र्षीय गोविन्द केवटले तीन वर्षदेखि बलात्कार गर्दै आएको भन्दै  पीडितपक्षले ०७७ भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितले  कात्तिक २७ गते छोरालाई  जन्म दिएको र शल्यक्रिया पश्चात सङ्क्रमित भइ   बुटवलस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको सिफारिसमा इन्सेक रुपन्देही प्रतिनिधि मार्फत अस्पतालमै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

अन्य

भिडियो