२ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकामा–९ का २२ वर्षीय हरिशरण गिरीलाई ०७७ मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।
आरोपित गिरीले मङ्सिर १७ गते घरमा खेलीरहेको अवस्थामा बालिकालाई घरमै चक्लेट दिने लोभ देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाको परिवारले सोही दिन इलाका प्रहरी कार्यालय मनहरीमा जाहेरी दर्ता गरेका छन् ।
उजुरीका आधारमा मनहरी इलाका प्रहरी कार्यालयले आरोपितलाई मङ्सिर १८ गते मनहरी बजारबाट गिरफ्तार गरिएको प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको स्वास्थ परीक्षण मनहरी स्वास्थ चौकीमा गरिएको छ ।