INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला

पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद, १ लाख जरिवाना र ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने भनि सजायको फैसला सुनाएको हो ।

घरायसी विवादका क्रममा ढकालले ०७७ जेठ ६ गते पत्नी ४३ वर्षीया सुशीलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । घाइते भएकी सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो ।

जेठ १५ गते नै शव भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको थियो । मृतकको छोरा गणेश अर्यालले जेठ ७ गते नै ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो । ढकाललाई प्रहरीले जेठ ७ गते नै गिरफ्तार गरी अदालतले पेश गरेकोमा अदालतले जेठ ३० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अन्य

भिडियो