INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोप घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ४३ वर्षीय तिलकराम चौधरीलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर १५ गते कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै पीडितपक्षले मङ्सिर १६ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । कथित बोक्सी भन्दै मार्ने धम्कीसमेत दिएको  पीडितले बताउनु भयो ।

बोक्सी लागेर छोरालाई बिरामी बनाएको भन्दै पीडितको घरमा गएर कुटपिट गरेको उजुरी आएको इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो । कुटपिटबाट महिलाको कान र दाहिने हातमा चोट लागेको छ ।

पीडितको उपचार मङ्सिर १५ गते  स्थानीय मेडिकलमा गरिएको थियो ।

 

अन्य

भिडियो