२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उममनपा–४ का ५७ वर्षीय रामबहादुर गन्धर्व विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले ०७७ भदौ ७ गते बलात्कार गरेको र गाउँघरमा मिलाउन दबाब दिएका कारण ढिला गरी प्रहरीमा उजुरी दिएको पीडितपक्षले बताए ।
उजुरीका अधारमा आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।