१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७६ फागुन २८ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा गरिएको छ । घटनाका बारेमा पीडित बालिकाले बताएपछि पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर शिव कट्टेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।