१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नगरपालिका–९ राम्चेका २२ वर्षीय पासाङ तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।
०७७ मङ्सिर १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।