शारीरिक तथा बौद्धिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–५ का २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १३ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा मङ्सिर १३ गते गरिएको छ ।