बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले मङ्सिर ११ गते समिति गठन गरेको छ ।
मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको मन्त्रालयले जनाएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
मन्त्रालयले गुलबसा खातुन र न्यौपानेको परिवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेहरूको उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयले बालिका हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ ।
