११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर १० गते नौबहिनी गाँउपालिका – ६ का २१ वर्षीय यमलाल रिजाललाई जन्म कैदको फैसला गरेको छ ।
न्यायाधीश श्यामलाल घिमिरेको इजलासले जन्म कैद र ५० हजार क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७६ मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित लाई मङ्सिर ३० गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।