INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित महिलालाई मङ्सिर १० गते आर्थिक सहयोग प्रदान गरेको छ ।

घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५ की ४० वर्षीया कृष्णा सुनारलाई कानुनी प्रक्रियामा सहयोग पुर्‍याउन १५ हजार नगद प्रदान गरेको हो ।

मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत इन्सेकद्वारा वीरेन्द्रनगरमा गठित हिंसा निगरानी समूहमा पीडितले दिएको निवेदन तथा निगरानी समूह र इन्सेकले गरेको संयुक्त अनुगमनपछि गरिएको सिफारिसको आधारमा पीडित सुनारलाई सहयोग गरिएको इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले बताउनु भयो ।

पीडितलाई रकम हस्तानान्तरण गर्दै हिंसा निगरानी समूहका अध्यक्ष एवम् अधिवक्ता गीता कोइरालाले घरेलु हिंसा पीडितहरूलाई कानुनी प्रक्रियामा जानका लागि आवश्यक पर्ने खर्च जुटाई सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको उल्लेख गर्नु भयो ।

यस अघि इन्सेकले  चार वर्षीया बलात्कृत बालिका सहित नौजना हिंसा पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिसकेको संयोजक सुवेदीले जानकारी दिनु भयो ।

SKT 20201125

अन्य

भिडियो