INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबासमा मङ्सिर ९ गते घाइते हुनु भएका बर्दिबास नपा–१ का सञ्जय भनिने ३२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा मङ्सिर ९ गते राति मृत्यु भएको छ ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बालिकाको शव मङ्सिर ८ गते मध्यराति बर्दिबास नपा–१४ स्थित घरनजिकै फेला परेको थियो ।

बालिका मङ्सिर ७ गतेदेखि हराएकी थिइन् । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने मागसहित सडकमा शव राखेर मङ्सिर ९ गते प्रदर्शन गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास नपा–५ का २८ वर्षीय श्याम कार्कीलाई उपचारका लागि मङ्सिर ९ गते दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारकै न्यौपानेको राति १ बजे मृत्यु भएको पीडित पारिवारिकजनले जनाएको छ ।

अन्य

भिडियो