INSEC Online

📅 २०८३ जेष्ठ २१

चिरपट प्रहार गरी वृद्धाको हत्या, आरोपित गिरफ्तार

गाउँपालिका–१ गढवा की ८४ वर्षीया केशरी घर्तीलाई  नाती २८ वर्षीय जीवन घर्तीले मङ्सिर ८ गते चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा सङ्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले मङसिर ८ गते जीवनलाई गिरफ्तार गरेको छ ।

राती सुतिरहेको अवस्थामा हजुरआमा केशरी, पत्नी २८ वर्षीया बसन्ती घर्ती, नौ वर्षीय छोरा बसन्त घर्ती, ६ वर्षीया छोरी लक्ष्मी घर्ती र ३० वर्षीय दाजु खिमबहादुर घर्तीलाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते केशरीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा मङ्सिर ८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो  ।

घाइतेमध्ये  बसन्ती घर्ती, बसन्त घर्ती र लक्ष्मी घर्तीको बुटवलमा उपचार भइरहेको छ । भने खिमबहादुर घर्तीको स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका छन् ।

शव  पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो