INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काभ्रे जिल्ला सदस्य रोशी गाउँपालिका– ६ सिपाली निवासी २७ वर्षीय बुद्धलाल लामांलाई प्रहरीले ०७७ मङ्सिर ७ गते बनेपा बसपार्कबाट गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाले लामालाई बनेपा आसपासमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सातौँ पार्टी पुनर्गठन कार्यक्रम सम्बन्धी पर्चा छर्दै हिँडेका आरोपमा गिरफ्तार गरिएको बताउनु भयो ।

लामालाई प्रहरीले मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मङ्सिर ८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

अन्य

भिडियो