INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका– ७ का ३० वर्षीय प्रदीप भुजेललाई प्रहरीले मङ्सिर ५ गते घरछेउमा रहेको गोठबाट गिरफ्तार गरेको छ ।

मामाघरबाट मङ्सिर ४ गते घर आईरहेको बेला आरोपितले रातमाटे जङ्गलमा शरीरका संवेदनशील अङ्गहरूमा  चक्कु प्राहर गर्नुका सार्थै यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितका आफन्तले प्रहरी चौकी फलाँटेमा मङ्सिर ५ गते बिहान दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द अधिकारीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा मङ्सिर ६ गते गरिएको छ ।

इन्स्पेक्टर अधिकारीले आरोपितलाई मङ्सिर ७ गते जिल्ला अदालतमा पेश गरी जबरजस्ती करणी प्रयास बारेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

अन्य

भिडियो