१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
पीडीतलाई आरोपितले ०७७ साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ७ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको थियो । आरोपित घटना पश्चात फरार रहेका थिए ।
आरोपितलाई शिवराज नपाको कोटवाबाट गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इस्पेक्टर दिपेश खरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको थियो ।