INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सैन्य लडाकु भएको आरोपमा ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मङ्सिर ६ गते उर्लावारी नगरपालिका–६ बाट गिरफ्तार गरेको छ ।

ताप्लेजुङ फक्ताङ्लुङ गाँउपालिका–२ स्थायी घर भई मोरङमा बसेर पार्टीको गतिविधिमा संलग्न हुँदै आएको आरोपमा शेर्पालाई पेस्तोलसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरू नियन्त्रणमा लिएको एसपी खड्काले बताउनु भयो ।

शेर्पा ‘विप्लव’  ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको अनुसन्धानका क्रममा खुलेको एसपी खड्काले बताउनु भयो ।

शेर्पाले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर प्रतिबन्धित नेकपाको गतिविधि सञ्चालन गरिरहेको एसपी खड्काले बताउनुभयो ।

शेर्पाको स्वास्थ्य परीक्षण मङसिर ७ गते कोशी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो