चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बागमती गाउँपालिका निवासी १४ वर्षीय बालकलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।
०७७ मङ्सिर ३ गते बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकालाई बेलुका आठ बजेको समयमा आरोपितले बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको एसपी सुशीलसिंह राठौरले बताउनुभयो ।
आरोपितले घर पुर्याई दिने भनी बोकेर मनसाही खोलाको बगरमा लगि बलात्कार गरेका र बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।
शवको पोस्टमार्टम मङ्सिर ४ गते हेटौँडा अस्पतालमा गरिएको छ । आरोपितविरुद्ध पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।