परशुराम नगरपालिका–७ साँदनीकी ४० वर्षीया पार्वती पुन मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति करन पुन मगरले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
भाइटिकाका दिन माइती पुगेर दाजुभाइलाई टिका लगाएर घर फर्किएकी पार्वतीलाई आरोपितले अत्यधिक मदिरा सेवन गरी कुटपिट गरी मङ्सिर १ गते हत्या गरेको इलाका प्रहरी कार्यालय जोगबुडाका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम मङ्सिर २ गते जोगवुडा अस्पतालमा गरिएको छ ।