१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–८ मसुरियाका २४ वर्षीय निर्मल दमाईलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २० गते घरबाट भगाएर लगी टिकापुरमा पुर्याएर बलात्कार गरेको पीडित बालिकाको बुबाले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले विवाह गर्ने भनेर ललाइफकाई कात्तिक २० गते टिकापुर लगेर कोठामा राखी बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सई मोहनबहादुर सिंहले आरोपितलाई गिरफ्तार गरी मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताउनु भयो ।
पीडत बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको छ ।