INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला

५० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा भगवतीमाई गाउँपालिका–२ रुमका ५६ वर्षीय भूपाले बादीलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट कात्तिक २५ गते सो सजाय भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले इन्सेकलाई जानकारी दिनुभयो ।

०७६ असोज १ गते बलात्कार गरेको भन्दै असोज ४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित पक्षले उजुरी दिएको थियो । पीडित महिलाको असोज ४ गते नै दैलेख जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

बलात्कार कसुरमा उजुरी परेको भएपनि प्रहरी अनुसन्धान र मुद्दाको तहकीकातको क्रममा यौन दुर्व्यवहार ठहरेको कारण यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद र कसुरदारले पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको प्रहरीले जनायो  ।

अन्य

भिडियो