INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको शरीरमा तातो तेल खन्याएको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारको शरीरमा तातो तेल खन्याएर मार्न खोजेको आरोपमा पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले ०७७ कात्तिक २० गते गिरफ्तार गरेको छ ।

घरमा बसिरहेकी पत्नीलाई कात्तिक १८ गते तेल तताएर शरीरमा खन्याएपछि पुजा सख्त घाइते हुनुभएको छ । तातो तेलले टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।

घाइतेको काठमाडौँस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेको छ । घटना प्रकृति अनुसार मुद्दामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजायाँ गर्ने डिएसपी तिम्सिनाले बताउनु भयो ।

अन्य

भिडियो