INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

११ वर्षीया बालिका बलात्कार घटनाका  आरोपित तुलसीपुर उपमनरपा–१७ का १९ वर्षीय उमेश केसी विरुद्ध पीडितपक्षले  कात्तिक १९ इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी  दिएका छन ।

पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार गरी फरार रहेको पीडितपक्षले बताएका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरले मुद्दा दर्ता गरेर आरोपितको खोजी भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ  ।

अन्य

भिडियो