११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फकाएर पुस १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते जिल्ला अस्पतालमा बेनीमा गरिएको थियो ।
घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
उहाँले मुलुकी अपराध संहित २०७४ को परिच्छेद–१८, दफा २१९ को उपदफा ३(ख) बमोजिम १० वर्षदेखि १४ वर्ष सम्मको बालिकालाई बलात्कार गरेमा १८ देखि २० वर्ष कैद सजायको व्यवस्था रहेकोले सोही अनुरुप मागदाबीका लागि सरकारी वकिल मार्फत अदालत जाने जानकारी दिनुभयो ।