११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत घर भई काठमाडौँ महानगरपालिका–१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई कात्तिक १७ गते दिउँसो प्रहरीले गिरफ्तार गरेको छ ।
बालिकालाई आफ्नै कोठामा लगि बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अन्सारीलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत लैनचौरका डिएसपी दीपक खड्काले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध पीडितका बुवाले महानगरीय प्रहरी परीसर टेकुमा असोज १८ गते उजुरी दिनु भएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते प्रसुति गृह थापाथलीमा गरिएको छ ।
आरोपितलाई जिल्ला अदालत काठमाडौँमा कात्तिक १८ गते पेश गरिएकोमा अनुसन्धानको लागि पाँच दिनको म्याद थप भएको डिएसपी खड्काले बताउनु भयो ।