INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने फरार दोषी गिरफ्तार

म्यागङ गाउँपालिका–५ की ४९ वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाई दुर्व्यवहार गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका म्यागङ गाउँपालिका–५ सामरीका ३० वर्षीय दिपेश सापकोटालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तारपछि अदालत पेश गरिएका सापकोटालाई अदालतको फैसला अनुसार सजाय भुक्तानका लागि कात्तिक १७ गते नै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

आरोपित सापकोटालाई गाउँमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित महिलालाई ०७२ असोज ५ गते बाख्रा चराउन जङ्गल गएको ठाउँमा बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुलाउने प्रयास गरेको घटनामा जिल्ला अदालतले ०७३ वैशाख १४ गते आरोपित दिपेशलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र २५ हजार रुपियाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो ।

अन्य

भिडियो