INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको सितामढी थाना बथनाहा ग्राम पञ्चायत भुतही–५ हरीबेला घर भएका ५१ वर्षीय वीरेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित साहलाई प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १५ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

अन्य

भिडियो