INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण गरी यौन शोषण गरेको घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा मिथिला विहारी नपा–६ का २० वर्षीय रघुविर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले कात्तिक १३ गते उजुरी दिएकी छन् ।

कात्तिक १ गते घरबाटै ललाइफकाई बीरगंजमा लगेर यौनशौषण समेत गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताइन् ।

यादवले पीडित बालिकालाई विवाह गर्ने भनेर ललाइफकाई गरेर कात्तिक १ गते बीरगंज लगेर डेरामा राखेर यौन शोषण गरी कात्तिक १२ गते राति पुनः घरमा छोडेर भागेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयकी असई दिपिका ओझाले पीडितलाई ललाइफकाई प्रेमजालमा पारेर यौन शोषण गरेकाले आरोपितलाई गिरफ्तार गरी कारवाही गरिने बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

अन्य

भिडियो