प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा इलाम,चुलाचुली गाँउपालिका–६ का १८ वर्षीय विज्ञान राई र सप्तरी,सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काशीनाथ घिमिरेलाई मिक्लाजुङ्ग गाँउपालिका–१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गिरफ्तारीमा परेकाहरूको साथबाट गोली,विष्फोट पदार्थ,एक थान भरुवा बन्दुक,सुतली बम दुई थान,सकेट बम एक थान,टुकी बम एक थान बरामद गरिएको एसपी खड्काले बताउनु भयो ।
गिरफ्तारीमा परेकाद्वयको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा कात्तिक १३ गते गरिएको छ ।