११ वर्षीया बालिका र २८ वर्षीया महिलालाई असोज २२ गतेदेखि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १२ गते प्रसौनि गाउँपालिका–१ का ५० वर्षीय नातेदारलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकाका हजुरबाबाले घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताउनुभयो ।
पीडितकी आमाले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरेर अनुसन्धान थालिएको इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनुभयो ।
पीडित महिलालाई आरोपित बाबुले डर त्रास देखाएर बलात्कार गर्दै आएको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित दुवैजनाको स्वास्थ्य परीक्षण असोज १२ गते कलैया अस्पतालमा भएको छ ।