INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२२ वर्षीया महिलालाई असोज २६ गते बलात्कार गरेको आरोपमा कमला नपा–८ हरिणेका ३५ वर्षीय शम्भु महरा, ३० वर्षीय सन्तोष महरा र ३० वर्षीय रामचन्द्र मण्डल खत्वेले सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज २९ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई बलात्कार गेको भिडियो बनाएर महिलाले लगाएको सुनको मङ्गलसुत्र, कानमा लगाएको नथिया र गोडाको औँलामा लगाएको ठेसा लुटेको पनि पीडित महिलाको आरोप छ ।

घटनाबारे कसैलाई भने सामाजिक सञ्जालमा भिडियो राखिदिने भनी आरोपितहरूले दिएको धम्कीका कारण घटना प्रहरीमा ढिलो आएको हो ।

आरोपिहरूको कुटपिटबाट पीडित महिलाको शरिरमा चोटपटक लागेको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

आरोपितहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमा मिश्रले बताउनु भयो ।

अन्य

भिडियो