१६ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई असोज २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले असोज २२ गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडितले सोही दिन आरोपितद्वयविरूद्ध सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेल उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २३ गते गरिएको छ ।