INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ असोज २२ गते १४ वर्षीय बालकलाई हेटौँडाबाट गिरफ्तार गरेको छ ।

आरोपित बालकले असोज १९ गते बालिकालाई खेलिरहेको अवस्थामा फकाएर आफ्नो घरमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  डिएसपी इन्द्रबहादुर रानाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

पीडित बालिकाको ०७७ असोज १९ गते हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित बालिकाको परिवारले असोज १९ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला अदालतबाट असोज २२ गते आरोपितलाई थुनामा राख्न सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालेको जनाएको  छ ।

अन्य

भिडियो