INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–४ का ३१ वर्षीय शेरबहादुर श्रेष्ठलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २१ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा)मा असोज २१ गते गरिएको छ ।

अन्य

भिडियो