INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ४२ वर्षीय विकास मण्डललाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै आफन्तको घरमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा एसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज २० गते गरिएको छ ।

अन्य

भिडियो