प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य त्रियुगा नगरपालिका–६ का ३५ वर्षीय रामकृष्ण सदालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।
चन्दाआतङ्क मच्चाएको गोप्य सूचनाका आधारमा सदालाई प्रहरीले त्रियुगा नगरपालिका–७ तीन नम्बर पुलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गिरफ्तारीमा पर्नु भएको सदाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २२ गते गरिएको छ ।